दफा १२१
अभियुक्तलाई अभियोग सुनाउनु पर्ने
(१) अभियुक्त अदालतमा उपस्थित भएपछि अदालतले अभियुक्त उपर लगाइएको अभियोग, तत्सम्बन्धी तथ्य सहितको विवरण र अभियोग प्रमाणित गर्न उजुरवालाले पेश गरेको प्रमाण तथा अभियोग प्रमाणित भएमा हुन सक्ने सजाय स्पष्ट रुपमा सम्झाई बुझाई अभियोगपत्रमा लिएको माग दावी पढेर सुनाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अभियोग तथा सो अभियोगमा हुन सक्ने सजायका सम्बन्धमा सम्झाउँदा र बुझाउँदा कुन आरोप कुन कुन सवुद, प्रमाण वा लिखतमा आधारित छ त्यस्तो अभियोगमा हुनसक्ने सजाय समेत खुलाई अभियुक्तले त्यस्ता सवुद, प्रमाण वा लिखत हेर्न वा त्यसको प्रतिलिपी लिन चाहेमा निजलाई त्यसको मौका दिनु पर्नेछ ।